काठमाण्डौ । नेपाल र चीनका व्यवसायीहरुको संयुक्त लगानीमा संचालित हिमालय एअरलाईन्सले आफ्नो दोस्रो नयाँ विमान A-320 लाई मंगलबार ११ः०४ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । 

हैम्बर्ग, जर्मनबाट उडान गरिएको, 9N-ALV रजिष्ट्रेशन नम्बरको उक्त विमानलाई पानीको तोपद्वारा सलामका साथ स्वागत गरियो । 

सो कार्यक्रममा संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही तथा नेपाल नागरिक उड्डयनका प्रबन्धक निर्देशक देवेन्द्र उपाध्याय र साथै प्राधिकरणका पदाधिकारीहरु सहभागी थिए । 

नयाँ एअरबस  A-320 लाई स्वागत गर्न हिमालय एअरलाइन्सको प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठ, अपरेसनतर्फका उपाध्यक्ष कप्तान जतिनदरपाल सिंह लगायत कम्पनीका वरिष्ठ पदाधिकारी पनि सहभागी थिए । 

नयाँ एयरबस आगमनको बिषयमा प्रतिक्रिया दिंदै उपाध्यक्ष विजय श्रेष्ठले भने–‘दोस्रो एअरवस ब्(घद्दण् को आगमनसँगै यस हिमालय एअरलाईन्सको समुह आगामी दिनमा ग्राहकहरुको उत्कृष्ट सेवाको लागी अत्यधिक मेहनतका साथ प्रस्तुत हुनेछ ।’ उनका अनुसार नयाँ एयरबसको उडानको माध्यमबाट नेपाललाई नयाँ गन्तव्यसँग जोड्ने अवसर ल्याउनुका साथै नेपालको आर्थिक बृद्धिमा समेत मद्दत गर्नेछ ।

स्थापनाको पहिलो वर्षमै हिमालय एयरलाइन्सले दुईवटा विमान सञ्चालनमा ल्याएको छ । १५८ सिट क्षमता रहेको हिमालय एअरलाइन्सको नयाँ विमान A-320 लाई दुई वर्गमा विभाजन गरिएको छ,जसमध्ये ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० वटा इकोनोमी क्लासको रहेको छ । हिमालय एअरलाइन्स दुवै वर्गका उपभोक्ताहरुलाई आकाशमा उच्चस्तरीय र आरामदायी उडानको अनुभव गराउनेछ ।

नेपाल र चीनको संयुक्त लगानीमा संचालित हिमालय एअरलाइन्स् अगष्ट २०१४ मा स्थापित भएको हो । अगष्ट २०१४ मा स्थापित भएको एअरलाइन्स्ले जेठ १८, २०७३ देखि दोहा, कतार र  अक्टोबर १ २०१६ मा कोलम्बो, श्रीलंका  उडान गरेरे अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो ।