काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मतपरिणाम सार्वजनिक भएको छ । 

जस अनुसार मेयरमा एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले ९ हजार १ सय ७० मतको अग्रता लिएका छन् । उनले ३२ हजार ३ सय ८८ मत ल्याएका छन् । उनलाई कांग्रेसका राजुुराज जोशीले २३ हजार २ सय १८ मतले पछ्याइरहेका छन् । 

तेश्रो स्थानमा रहेकी विवेकशील पार्टीकी रञ्जुु दर्शनाको १२ हजार ५ सय ६२ र चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाको ९ हजार ५ सय १२ मत आएको छ ।