काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मत परिणाम प्राप्त भएको छ । 

यहाँ जारी स्थानीय निकाय निर्वाचनको मतगणनाको पछिल्लो अपडेट अनुसार एमालेले ११ हजार १ सय भन्दा बढी मतले अग्रता लिएको छ । 

अपरान्ह ४ः४५ बजेको अपडेट अनुसार एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ३९ हजार २ मत ल्याएका छन् । उनलाई कांग्रेसका राजुुराज जोशीले २७ हजार ९ सय ६९ मतले पछ्याइरहेका छन् । तेश्रोस्थानमा रहेकी विवेकशीलकी रञ्जुु दर्शनाले १४ हजार ५ सय ५२ मत ल्याएकी छिन् । चौथो स्थानमा रहेका साझाका किशोर थापाले ११ हजार ३७ मत ल्याएका छन् ।