काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मतपरिणाम आएको छ । जसअनुसार एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई करिब ९ सय मत अन्तरले पछाडि पारेका छन् ।

शाक्यले हालसम्म २०२२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिदन्दी जोशीले ११७० मतले पछ्याइरहेका छन् । तेश्रो स्थानमा ८८४ मतसहित विवेकशीलकी रञ्जुु दर्शना छिन् भने चौथोमा साझा पार्टीका किशोर थापाले ६५२ मत पाएका छन् । 

उपमेयरमा कांग्रेस र राप्रपाका उम्मेद्वारबीच टक्कर देखिएको छ । दुवैको मत १२३५ रहेको छ ।