काठमाण्डौ । चितवनको भरतपुरमा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । जस अनुसार एमाले उम्मेद्वार देवी ज्ञवालीले १५०४ मतको अग्रता लिएका छन् । 

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार एमालेको तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेद्वार देवी ज्ञवालीले ३७ हजार ९ सय ६० मत ल्याएका छन् भने उनलाई माओवादी केन्द्रकी मेयरकी उम्मेद्वार रेणुु दाहालले ३६ हजार ४ सय ५६ मतले पछ्याइरहेकी छिन् ।