काठमाण्डौ । विराटनगर महानगरपालिकामा कांग्रेस र एमालेबीचको मतअन्तर अझ फराकिलो बन्दै गएको छ । 

राति १०ः४० बजे सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार भीम पराजुलीले ३१४० मत पाएका छन् । उनलाई एमालेका विनोद ढकालले २२५८ मतले पछ्याइरहेका छन् । पछिल्लो समय कांग्रेसले आफ्नो अग्रतालाई बढाउँदै लगेको छ । विराटनगर क्षेत्र कांग्रेसको पकड क्षेत्रको रुपमा परिचित हुँदै आएको छ । 

माओवादी केन्द्र र संघीय समाजवादी फोरम गठबन्धनको तर्फबाट मेयर पदका उम्मेद्वार उमेश यादव १६७६ मतसहित तेश्रो स्थानमा छन् । 

उपमेयरमा समेत कांग्रेस नै अगाडि छ । कांग्रेसकी इन्दिरा कार्कीले २३२३ मत पाएकी छिन् । उनलाई एमाले र फोरम लोकतान्त्रिक गठबन्धनकी उपमेयरकी उम्मेद्वार सूचि चौधरीले ११८८ मतले पछ्याइरहेकी छिन् । माओवादी र संघीय समाजवादी फोरम गठबन्धनको तर्फबाट उपमेयरकी उम्मेद्वार नमीता न्यौपानेले १०१२ मत पाएकी छिन् ।