काठमाण्डौ । नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्राण्ड बजाजको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज डिस्कभर१२५ सीसीकोे नयाँ अवतार नेपाली बजारमा ल्याएको छ । 

डिस्कभर १२५ सीसी यस विधामा बजारमा उपलब्ध अन्य बाइकहरुभन्दा हरेक प्रकारले पृथक छ । यो पृथक बाइकको लञ्च जनकपुरको जानकी मन्दिरको प्राङ्गणमा यही बैशाख १५ गते गरिएको थियो, जहाँ विभिन्न कलाकारको रमाइलो प्रस्तुतिले कार्यक्रमलाई झनै रमाइलो बनाएको थियो । कम्पनीले जनकपुरको जानकी मन्दिरको संरचनात्मक विकासका लागि रु. २,५१,००० योगदान पनि गरेको थियो । 

यस लञ्चका बारेमा टिप्पणी गर्दै एच्एच् बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, “यो नयाँ डिस्कभर १२५ सीसीको लञ्चका साथ चालकहरुले डिस्कभरको नयाँ अवतारको अनुभव गर्नेछन् । यो नयाँ डिस्कभर १२५ सीसीमा १२५ सीसीमै अहिलेसम्म नभएको नयाँ लेड डिआरएल हेडल्याम्प र डिजिटल कन्सोल छ, जसले बाइकलाई पृथक लुक र चालकलाई सहुलियत प्रदान गर्छ । 

यसैगरी यसमा नयाँ आकर्षक डिजाइन, १६ प्रतिशत लामो सस्पेन्सन, नयाँ टेक्सचर भएको सीट, नयाँ आकर्षक टेल लाईट र अझ उत्कृृष्ट  टिडीएसआई इञ्जिन पनि छ । जसले गर्दा यो नयाँ डिस्कभर १२५ सीसीले १२५ सीसीलाई नै फेरि परिभाषित गरी नयाँ अवतार दिन सफल भएको कम्पनीको भनाई छ । नयाँ डिस्कभर १२५ सीसीको यो नयाँ अवतारले ग्राहकहरुको मन जित्ने कम्पनीको दाबी छ ।

नयाँ डिस्कभर १२५ सीसीको अधिकतम बजार मूल्य रु. १,९२,९००(डिस्क) र रु. १,८३,९००(ड्रम) निर्धारण गरिएको छ भने यो जम्मा  कालो, रातो र नीलो गरी ३ वटा रंगहरुमा उपलब्ध हुनेछन् ।