काठमाण्डौ । देशकै पुुरानो महानगर काठमाण्डौको ताजा मत परिणाम आएको छ । जस अनुसार एमाले उम्मेद्वार विद्यासुन्दर शाक्य निकटतम प्रतिदन्दी कांग्रेसका उम्मेद्वार राजुराज जोशीभन्दा २३ सय बढी मतले अगाडि छन् । 

शाक्यले ५३३७ मत प्राप्त गरेका छन् भने उनलाई कांग्रेसका जोशीले ३०२२ मतले पछ्याइरहेका छन् । विवेकशीलकी रञ्जु दर्शना २३२८ मतसहित तेश्रो स्थानमा छिन् । 

यस्तै, साझा पार्टीका किशोर थापा १६०३ मतसहित चौथो स्थानमा छन् । 
काठमाण्डौ महानगरको उपमेयरमा कांग्रेस उम्मेद्वार अगाडि छन् । कांग्रेसले १५५४ मत ल्याएको छ भने राप्रपाले १०३८ मत प्राप्त गरेको छ ।