काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मत परिणाम सार्वजनिक भएको छ । 

राति ११ः४५ बजे सार्वजनिक मत परिणाम अनुसार पनि एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्य नै अगाडि छन् । उनले हालसम्म ६७६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका राजुराज जोशीले ४३०३ मत प्राप्त गरेका छन् । विवेकशीलकी रञ्जु दर्शना २८१८ मतसहित तेश्रो स्थानमा छिन् ।