काठमाण्डौ । देशकै पुरानो काठमाण्डौ महानगरपालिकाको मत अपडेट प्राप्त भएको छ । जस अनुसार एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यको अग्रता कायम नै छ । 

१० बजे सार्वजनिक मतपरिणाम अनुसार शाक्यले १० हजार ४ सय १७ मत प्राप्त गरेका छन् भने कांग्रेसका राजुराज जोशीले ६७७४ मत प्राप्त गरेका छन् । विवेकशीलकी रञ्जु दर्शना ४००३ सहित तेश्रो स्थानमा छिन् । ३१७१ मतसहित साझा पार्टीका किशोर थापा चौथो स्थानमा छन् ।