काठमाण्डौ । क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । 

एमाले उम्मेद्वार मानबहादुर जिसीको १३००९ मत प्राप्त भएको छ भने कांग्रेसका रामजी कुँवरको १२८९१ मत प्राप्त भएको छ । 

उपमेयरमा समेत एमाले उम्मेद्वारको अग्रता कायम छ । एमालेले १२ हजार ३ सय १ मत प्राप्त गरेको छ भने उसलाई कांग्रेसले ११ हजार ६ सय २० मतसहित पछ्याइरहेको छ ।