काठमाण्डौ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

यो कम्पनीको असोज २६ गते बसेको ३१९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

यस हिसाबले कम्पनीको सेयरधनीले ७ करोड २६ लाख ७२ हजार ६ सय रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन् भने सोही बराबरको नगद लाभांश समेत प्राप्त गर्नेछन् । 

संचालक समितिको यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ७७ करोड भन्दा माथि पुग्नेछ।