काठमाण्डौ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २४ करोड ४४ लाख खूद नाफा आर्जन गरेको हो । यो भनेको गत वर्षको यही अवधिको तुलनामा ३५.३० प्रतिशतले बढी हो । 

कम्पनीले अघिल्लो वर्ष २८ करोड ३८ लाखमा सीमित संचालन मुनाफा बढाएर ३४ करोड ६६ लाखको उचाई चुमाएको छ । 

व्यवसाय बिस्तारमा आक्रामक बनेका कारण खूद ब्याज आम्दानीमा पनि २०.२२ प्रतिशतको बढोत्तरी भई २९ करोडबाट बढेर ३४ करोड ८९ लाख पुगेको छ । 

समीक्षा अवधिमा आरएमडिसीले ६ अर्ब ४२ करोड सापटी लिई ७ अर्ब ८१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ५ अर्ब ३१ करोड सापटी लिई ६ अर्ब ४० करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ३५ करोडमा सीमित कम्पनीको रिजर्बकोषको आकार बढी १ अर्ब ५२ करोड माथि पुगेको छ । 

खूद नाफामा बढोत्तरीका कारण कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी समेत बढेर ३३.१५ रुपैयाँबाट ४०.७७ रुपैयाँ कायम भएको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २९१.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.४१ गुणा कायम भएको छ ।