काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्थाका सेयरधनीले डबल अफर पाउने भएका छन् । यो संस्थाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २ सय प्रतिशत हकप्रद दिन लागेको हो । 

यी दुवै प्रस्ताव पारित गराउने उद्देश्यले एक सूचना जारी गर्दै कम्पनीले आगामी चैत १२ गते तेश्रो साधारणसभा आह्वान गरेको छ । 

साधारणसभाकै लागि चैत १ गतेदेखि बुक क्लोज हुने बताइएको छ । यसको अर्थ फागुन ३० गतेभित्र आरएसडिसीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाले मात्र बोनस प्राप्त गर्नेछन् । 

हाल यो लघुवित्त संस्थाको चुक्तापूँजी १० करोडको हाराहारीमा रहेको छ । बोनस र हकप्रदपछि चुक्तापूँजी साढे ३४ को उचाईमा पुुग्नेछ । 

नेपाल राष्ट्रबैंकले राष्ट्रियस्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाले २०७५ असार मसान्तसम्म चुक्तापूँजी ६० करोड पुर्याउनुपर्ने नीति अख्तियार गरेको छ । तोकिएको चुक्तापुँजी पुर्याउन यो लघुवित्तले आगामी वर्ष पनि राम्रो बोनस र हकप्रद ल्याउनसक्छ । 

यो लघुवित्त संस्थाले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ करोड ९ लाख बढी खूद नाफा आर्जन गरेको छ ।