काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ७५.१४ प्रतिशतले बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाले २ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ३० लाख रुपैयाँमा सीमित थियो ।

संस्थाको सञ्चालन मुनाफा भने प्रथम त्रैमासमा ३ करोड ५६ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा २ करोड २ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै संस्थाले खुद ब्याज आम्दानी ३ करोड ८५ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष २ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ५४ करोड रुपैयाँ सापटी लिई २ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब २८ करोड रुपैयाँ सापटी लिई १ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार २३.४३ प्रतिशतले बढाएको छ । गत वर्ष ११ करोड ८२ लाख रुपैयाँ रहेको रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा घटेर ९ करोड ५ लाख रुपैयाँ रहेको छ ।

संस्थाको चुक्ता पुँजी ६३ करोड ३५ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी ६३ करोड ३५ लाख रुपैयाँ नै थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी १४.४१ रुपैयाँ रहेको छ भने पीई रेसिया २३.९५ प्रतिशत रहेको छ ।