काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ ।

लाभांश पारित र छैटौँ वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि शुक्रबारदेखि बुक क्लोज गर्दैछ । यसको अर्थ संस्थाद्वारा प्रस्तावित लाभांशको भागिदार बन्न र साधारणसभामा सहभागी आजसम्म सेयरधनी कायम हुनुपर्नेछ।

संस्थाले आफ्नो सभा मंसिर १३ गते बुटवलमा गर्ने निर्णय गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ रुपैयाँको ६ प्रतिशतले हुन आउने ३ करोड ८० लाख १० हजार ७२० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने ६ करोड ३३ लाख ५१ हजार २०० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।