काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा २२.९४ प्रतिशतले बढाउन सफल भएको छ।

चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ७ करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ६ करोड ४१ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले सञ्चालन मुनाफा १० करोड ५१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ९ करोड ५४ लाख रुपैयाँ रहेको थियो। 

संस्थाले खुद ब्याज आम्दानीबापत १४ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १२ करोड २९ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ६० करोड रुपैयाँ सापटी लिई २ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले १ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको रिजर्भको आकार १३.३४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १६ करोड ९२ लाख रुपैयाँ रहेको रिजर्भमा घटेर १४ करोड ६६ लाख रुपैयाँमा खुम्चिन पुगेको छ। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.७५ रुपैयाँ रहेको छ। पीई रेसियो भने ४६.१४ गुणा रहेको छ।