काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत मंसिर ६ गतेबाट आरटीजीएस प्रणालीको पूर्ण रुपमा सञ्चालनमा ल्याइएको जनाएको छ ।
गत भदौ २६ गते नेपाल राष्ट्र बैंकले ठूलो रकम भुुक्तानीका लागि सञ्चालनमा ल्याएको आरटीजीएस प्रणाली यही मंसिर ६ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको  बताएको छ । 

यस बारे जानकारी दिन बंैकले जारी प्रेस विज्ञप्तिमा भनिएको छ, हाल सम्पूर्ण वाण्ज्यि बैंकहरु यस प्रणालीको प्रत्यक्ष सदस्य रहेको र सो प्रणालीमार्फत कारोबार गरिरहेको र निकट भविष्यमा अन्य बंैक तथा वित्तीय संस्थालाई यो प्रणालीको सदस्य बनाई सो प्रणालीको उपयोगिता बढाउँदै लैजाने योजना रहेको छ । ठूूलो रकमको भुुक्तानीका लागि महत्वपूर्ण पुुर्वाधारको रुपमा रहेको यो प्रणाली सञ्चालनमा आए पश्चात भुुक्तानीमा सहजता आउनुुका साथै वास्तविक समयमै कारोबार राफसाफ हुुने राष्ट्र बैंकको विश्वास छ । यसले भुुक्तानी प्रणालीमा कारोबारको टर्नओभर बढाउने हुदा मुुद«ाको वेग समेत बढ्न गई तरलता व्यवस्थापन समेत सहज हुुने राष्ट्र बंैकले अपेक्षा गरेको छ ।

आरटीजीएस सञ्चालन सम्बन्धमा यस बैंकको भुुक्तानी प्रणाली विभागबाट आरटीजीएस सिस्टम रुल २०१९ तथा आरटीजीएस सम्बन्धी निर्देशन समेत राष्ट्र बैंकबाट जारी भइसकेको छ । 

राष्ट्र बैंकले सम्पूर्ण वाणिज्य बैंकका ग्राहकहरुलाई रु २ लाख वा सो भन्दा बढी रकमको कारोबारमा यो प्रणालीको प्रयोग गर्न समेत अनुुरोध गरेको छ ।