काठमाण्डौ । काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले २ करोड ९४ लाख रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

एकसय रुपैयाँ अंकित दरका २ लाख ९४ हजार कित्ता सेयर निकट भविष्यमै आइपीओ हुने भएको हो । 

यो माइक्रोफाइनान्सले आइपीओ जारी लगायतका प्रस्ताव पारित गर्ने उद्देश्यले आगामी कात्तिक १८ गते शनिवारका दिन तेश्रो वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । संचालक समितिको निर्णय बमोजिम संस्थाको कुल जारी पूँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ४९ प्रतिशतको दरले हुन आउने रकम बराबरको आइपीओ जारीको प्रस्ताव वार्षिक साधारणसभामा पेश हुने आरम्भ माइक्रो फाइनान्सले जनाएको छ ।