काठमाण्डौ । सिन्धुुपाल्चोकमा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका २ लाख ९४ हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनका लागि बोर्ड पुुगेको हो । बोर्डले यो कम्पनीको २ करोड ९४ लाख मूल्यको आइपीओलाई पाइपलाइनमा राखेको छ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ । यो कम्पनीले आइपीओका लागि कात्तिक २२ गते बोर्डमा निवेदन दिएको थियो । 

२०७० सालमा स्थापना भएको यो माइक्रोफाइनान्सले हाल १५ जिल्लामा सेवा दिइरहेको छ । विशेष गरी पहाडी क्षेत्रका पछाडि पारिएका समुदायको बैकिंग पहुँच वृद्धि तथा आर्थिक क्रियाकलाप वृद्धिमा यो माइक्रोफाइनान्स कम्पनीले काम गर्दै आएको छ ।