काठमाण्डौ । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको आज आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापुँजी ६ करोड रुपैयाँको ८ प्रतिशतले हुन आउने ४८ लाख रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनका लागि ०.४२ प्रतिशतले हुन आउने २ लाख ५२ हजार ६३२ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।