काठमाण्डौ । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक छलाङ मारेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा २७१.५६ प्रतिशतले बढाएको छ । समीक्षा अवधिमा संस्थाले ८१ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २२ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको सञ्चालन मुनाफा १ करोड २८ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ३४ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले २ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्ष १ करोड ४६ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय आक्रामक देखाउँछ ।

दोस्रो त्रैमास संस्थाले १८ करोड ३९ लाख निक्षेप संकलन गरी ६१ करोड ६० लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ४० करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

गत वर्ष २ लाख रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिमा बढेर १ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा संस्थाको चुक्तापुँजी ६ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ रहेको थियो । 

संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी २५.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.७९ रहेको छ ।