काठमाण्डौ । आपसमा गाभिएका चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आज सोमबारबाट सुरु भएको छ।

आपसमा गाभिएपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु भएको हो। दुवै संस्थाको गत पुस ९ गतेसम्म वार्षिक साधारणसभाले आपसमा गाभिने प्रक्रियालाई पारित गरेका थिए। 

दुवै संस्था आपसमा १ः१ अनुपातमा गाभिएका हुन्। ‘घ’ वर्गको इजाजत प्राप्त दुवै संस्थालाई आपसमा गाभिएपछि एकीकृत कारोबार सुरु गर्न नेपाल राष्ट्र बैंकले गत फागुन १८ गते नै अन्तिम स्वीकृति दिइसकेको छ। 

एकीकृत संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा नगरपालिकामा रहनेछ।