काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी आरामकोले आईपीओ ल्याउन रजिस्ट्रेसन सुरु गरिसकेको छ । यो विश्वकै ठूलो धनराशिको आईपीओ हुनेछ ।
यस्तैमा साउदी आरामकोपछि दास्रो सबैभन्दा ठूलो आईपीओ ल्याउन तयारीमा यतिखेर विश्वकै ठूलो अग्रणी ई–कमर्श कम्पनी अलीबाब जुटेको छ ।
चीनको दिग्गज अनलाइन रिटेल कम्पनी अलीबाबाले हङकङमा आईपीओ निष्कासन गरी १३ अर्ब अमेरिकी डलर जुटाउने घोषणा गरेको हो । अलीबाबाले आईपीओ बिक्रीका लागि सेयरको मूल्य प्रतिकित्ता १७६ हङकङ डलर तय गरेको छ । यो करिब एक दशकयताकै हङकङमा सबैभन्दा ठूलो आईपीओ हुनेछ ।
अलीबाबाका अनुसार आईपीओमार्फत कम्पनीले ५० करोड सेयर बेच्नेछ । यसका अलावा कम्पनीसँग ७.५ करोड अरु सेयर बेच्ने विकल्प पनि हुनेछ । यसरी कम्पनीले करिब १३ अर्ब अमेरिकी डलर जुटाउन सक्नेछन् ।
यसअघि पनि अलीबाबाले २५ अर्ब अमेरिकी डलरबराबरको आईपीओ निष्कासन गरेको थियो । जुन त्यतिबेला विश्वकै सबैभन्दा ठूलो आईपीओ थियो ।
साउदी आरामको गत वर्ष आईपीओ निष्कासनको घोषणा गरेको थियो । यो आईपीओबाट आरामकोले करिब ४० अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य राखेको छ । – एजेन्सी
15 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
23 hours ago