काठमाण्डौ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको अन्तिम दिन वार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकले आगामी असार ३२ गते आफ्नो ११ औं वार्षिक साधारणसभा काठमाण्डौको इन्द्रेणी फूडल्याण्डमा आह्वान गरेको हो ।

साधारणसभामा बैंकले ५.५० प्रतिशतले हुन आउने १३ करोड ४ लाख बराबरको बोनस सेयर र ६.५० प्रतिशतले हुन आउने नगद लाभांश वितरणको प्रस्ताव समेत पेश हुनेछ । यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना र संस्थापकको तर्फबाट ३ संचालक समेत नियुक्ति हुनेछन् । 

बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि असार १८ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यसको अर्थ साधारणसभामा सहभागी हुन असार १७ गतेसम्म यो बैंकको सेयरधनी भइसक्नुपर्नेछ ।

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २२ करोड ८१ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो ।