काठमाण्डौ । आर्थिक वर्षको उत्तराद्र्धमा सिद्धार्थ बैंकले एकैदिन राजधानीमा ३ वटा नयाँ शाखा स्थापना गरी औपचारिक कारोबार थालेको छ । 

असार ३० गते सोमबार काठमाण्डौको नेपालटार, तथा भक्तपुरको बालकोट र बोडेमा गरी ३ नयाँ शाखा स्थापना गरी कारोबार थालेको हो । 

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथाउद्यमीेमाझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याइएको बताएको छ । 

यी ३ सहित सिद्धार्थ बैंकको देशभर शाखा संख्या १५९(४ एक्सटेन्सन काउण्टरसहित) पुगेको छ। १०० वटा शाखारहित बैंकिङ इकाई रहेका छन् भने १७२ एटीएम तथा १ हजार ३०० भन्दा बढी पस मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ ।