काठमाण्डौ । अत्याधिक खर्च र विना आवश्यकता ऋण लिनुजस्ता व्यवहारबाट बच्नु राम्रा बानी हो । यसले जिन्दगी जिउन सजिलो बनाइदिन्छ। 

यद्यपि आर्थिक व्यवस्थापनमा राम्रो जानकारी भएका कतिपय मानिसहरु पनि कहिलेकाहीँ अत्याधिक खर्च र विना आवश्यकता ऋण लिने बानीको सिकार भइरहेका हुन्छन् । जसले उनीहरुको आर्थिक अवस्था झनै दयनीय बनाइदिन्छ । 

यहाँ हामी रुपैयाँ–पैसासँग जोडिएका केही यस्ता महत्वपूर्ण बानीका बारेमा जानकारी गराउन गइरहेका छौँ, जसले तपाइँको आर्थिक अवस्थामा निकै असर गर्न सक्छ ।

१. विना जानकारी सेयर बजारमा हामफाल्नु

सेयर बजारबारे पर्याप्त जानकारी हुँदा र सेयरबजारका बारेमा समयपरक विश्लेषण गर्ने क्षमता छ भने मात्र सेयरमा लगानी गर्नुहोस् । अन्य विना ज्ञान सेयरबजारमा हामफाल्दा आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । तर यदि तपाइँसँग सेयबजारसँग सम्बन्धित जानकारी र सेयरमा लगानी गर्ने उपयुक्त समयको ज्ञान छ भने यसले तपाइँलाई छोटो समयमै प्रगतिको पथमा लम्काउन सक्छ । 

२. विविधिकरणका लागि थुप्रै सेयर वा म्युचुअल फन्ड किन्नु

एउटै क्याटगरीका थुप्रै म्युचुअल फन्ड वा सेयरमा पैसा खन्याउँदा लगानीसँग जोडिएको जोखिम कम हुँदैन । त्यसैले लगानीमा अत्याधिक विविधिकरणले फाइदाभन्दा पनि नोक्सानी बढी हुन सक्छ । 

३. आकस्मिक घटनाका बचत नहुनु

अचानक हुन सक्ने खर्च वा कुनै वित्तीय आवश्यकताका लागि पर्याप्त बचत गर्नुहोस् । यदि तपाइँ कुनै ठूलो सहरमा बसोबास गर्नुहुन्छ भने कम्तीमा पनि ५ लाख रुपैयाँको बिमा पोलिसी बनाउनुपर्छ । त्यस्तै यदि तपाइँमा परिवारका सदस्य आश्रित छन् भने तपाइँले आफ्नो वार्षिक आम्दानीको कम्तीमा पनि १०–१५ गुणा शुद्ध रिस्क लाइफ इन्स्यारेन्स कभर लिन आवश्यक हुन्छ । 

४. ट्याक्स बचाउन इन्स्योरेन्स कभर किन्नुहोस् 

ट्याक्स बचाउने उद्देश्यले इन्स्यारेन्स लिन हुन्न । इन्स्योरेन्स पोलिसीका प्रायः ग्यारेन्टी, अस्योर्ड र मनी ब्याकजस्ता शब्दसँग जोडिएका हुन्छन्। यस्तो उल्झनमा नपर्नुहोस् । यसले तपाइँको पैसामा बर्बाद हुन्छ । 

५. विना जानकारी व्यापार नगर्नुहोस् 

आफ्नो फाइदा वा नोक्सानी हिसाब गरेरमात्र फैसला लिनुहोस् । सबैभन्दा पहिला त बुझ्नुहोस् कि तपाइँ जुन क्षेत्रमा जान चाहनुहुन्छ, त्यहाँको नियम र कानुन कस्तो छ ? त्यसपछि तपाइँले आफ्नो लगानी गर्ने हैसियत केलाउनुहोस् । त्यसपछि मात्र व्यापारका लागि तयार हुनुहोस् । 

६. बैंक अलर्टलाई नजरअन्दाज नगर्नुहोस्

बैंकबाट पठाइने क्रेडिट कार्ड स्टेटमेन्ट र एसएमए अलर्टलाई कहिले नजरअन्दाज नगर्नुहोस् । क्रेडिट कार्डका साथ घट्ने फ्रडका घटना दिनहुँजसो घटिरहेका हुन्छन् । कुनै पनि गैरअधिकृत ट्रान्जेक्सनको मामिलामा तीन कार्यदिनभित्र त्यसको रिपोर्ट दर्ता गराउनुहोस् । जसले तपाइँमाथि कुनै जिम्मेवारी आउने छैन । –एजेन्सी