काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १७ औं बार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आर्थिक पत्रकार समाज(सेजन)मा आवद्ध कुल २५४ जना आर्थिक पत्रकारहरुलाई जनही रु.२.५० लाख बीमाङ्क रहेको “स्मार्ट जीवन बीमा” निःशुल्क प्रदान गरेको छ ।  

सो बीमालेखमा रु २.५० लाख बराबरको दुर्घटना बीमा तथारु.२.५० लाख बराबरको पूर्ण अशक्तता बीमाको थप सुविधासहित जनही रु.७.५० लाख बीमाङ्क बराबर १ बर्षका लागि जोखिम बहन गरेको छ ।

कम्पनीको १७औं बार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा सो रकम बराबरको जीवन बीमा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थीमार्फत प्रदान गरिएको थियो ।

अग्रणी कम्पनीको नाताले मुलुकमा बीमा जागरणको सामाजिक उत्तरदायित्व समेत कम्पनीको रहकोले जीवन बीमामार्फत सामाजिक सुरक्षाको सकारात्मक सन्देश प्रदान गर्न यस प्रयासले सघाऊ पुर्याउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

“स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस” भन्ने मूल नारा रहेको स्मार्ट जीवन बीमा योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरी दैनिक रु.१० मा रु.१० लाखको जीवन बीमा गराउनसक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताएका छन् ।