काठमाण्डौ । विश्लेषक तथा बैंकर अनलराज भट्टराईले नेपालको विकास र आर्थिक समृद्धिका लागि आगामी सरकारलाई १० वटा सूत्र उपलब्ध गराएका छन् । उनले जुन सुकै राजनैतिक पार्टी या जुनसुकै राजनैतिक आस्था भएका नेताद्वारा नेपाल सरकारको नेतृत्व गरे पनि नेपालको बिकास र आर्थिक समृद्धिका लागि सरकारले अपनाउनुपर्ने १० कदमहरु सार्वजनिक गरेका हुन् । उनले दिएका १० सूत्र यस्ता छन्:

  1. दीर्घकालीन आर्थिक बिकासको रणनीति तयार पारी देशबासीहरुलाई राहातको आभास गराउन सामाजिक सद्भाव बढाउने ।
  2. कानुनी राज्यको आभास गराई नेपालमा हुने लगानी संरक्षण हुने कुरामा स्वदेशी तथा बिदेशी लगानिकर्ताहरुलाई बिश्वस्त पार्ने ।
  3. लगानीलाई प्रबद्र्धन गर्न क्षेत्रीय तथा राष्ट्रिय स्तरको बिकासको अबधारणा तयार पार्ने ।
  4. राष्ट्रिय गौरवका आयोजनाहरु संभाव्यता अध्ययन गराई स्वदेशी या बिदेशी लगानीकर्ताहरुबाट लगानीको प्रस्ताव माग गर्ने ।
  5. वार्षिक बजेट अनुसारको पुँजीगत खर्च गर्ने भइरहेको झञ्झटिलो प्रक्रियामा ब्यापक सुधार गरी बजेट कार्यान्वयन नीति लागूू गर्नुपर्ने ।
  6. सार्वजनिक खरिद संबन्धी व्यवस्थालाई आयोजनाको प्रकृति अनुसार फेरबदल गरी बित्तीय अनुशासन कायम गर्न गराउन ठोस कÞदम चाल्नुपर्ने ।
  7. विकास निर्माण आयोजनाहरुको सार्वजनिक निर्माण अन्तर्गतको कार्य गर्न गराउन करारमा दिईएका कार्यहरुको प्रगति र गुणस्तर आबधिक रुपमा गर्न गराउन कडा कानुनी आधार तयार पारी लागूू गराउने ।
  8. आयोजनाहरुको प्रमुख राजनैतिक आस्थाको आधारमा चयन गर्ने प्रबृतिमा रोक लगाई नयाँ व्यवस्था कायम गराउन नीतिगत सुधार गरी व्यबहारमा लागूू गराउने ।
  9. आयोजना अनुसार कार्य सम्पादनको मूूल्याङ्कनको आधारमा तय गरी त्यसको त्रैमासिक मूूल्याङ्कन गर्ने र आयोजनाको लक्ष्य र प्रगतिमा भएका भिन्नता र त्यस्ता भिन्नताका कारण र त्यसबाट आयोजनामा आगामी दिनहरुमा हुन सक्ने अल्पकालीन र दीर्घकालीन असरहरुको मूूल्याङ्कन गरी आवश्यक रणनीतिक कदमहरु कार्यान्वयन गराउने ।
  10. सरकार र सरकारी कर्मचारीहरुले अपनाउनुपर्ने आचारसंहिता पूर्ण रुपले लागू गरी अनुशासनमा रही कार्य सम्पादन गर्ने कर्मचारी या आयोजना प्रमुखहरुलाई सरकारी संयन्त्रहरुबाट हुने गरेको अनाबश्यक हस्तक्षेपमा रोक लगाई तेस्रो निकायबाट हुने अनुसन्धान हचुबाको भरमा नगरी बैज्ञानिक ढंगबाट गराउने ।