काठमाण्डौ । विश्वमा स्मार्टफोनको माग दिनहुँ बढिरहेको छ । बजारमा विभिन्न कम्पनीले एकपछि अर्को गर्दै ठूला आकारका स्मार्टफोन ल्याइरहेका छन्, त्यही बजारमा केही उद्योगले भने सानो स्क्रीन भएका साना स्मार्टफोनहरु ल्याइरहेका छन् । यही दौडमा एक कम्पनीले स्मार्टफोनको बजारमा अहिलेसम्मकै सानो मोवाइल प्रस्तुत गरेको छ । यो फोनको नाम ‘जेली’ राखिएको छ र यसलाई युनिहर्ट्ज कम्पनीले बनाइरहेको छ । यो फोनको स्क्रीनको आकार मात्र २.४५ इञ्च रहेको छ । कम्पनीले यसलाई ‘विश्वकै सबैभन्दा सानो स्मार्टफोन’ भनेको छ ।

रिपोर्टका अनुसार विश्वकै सबैभन्दा सानो मानिएको फोरजी स्मार्टफोनमा २.४५ इञ्चको एलसीड डिस्प्ले छ । जेलीको यो स्मार्टफोन अमेरिकामा पर्ल ह्वाइट, स्पेस ब्ल्याक र स्काई ब्ल्यू गरी तीनवटा रंगमा लञ्च गरिएको छ । यो फोनको स्क्रीन मात्र सानो हो, यसको विशेषता भने निकै दमदार छ ।

जेली फोनको मूल्य अमेरिकामा ५९ डलरदेखि ७५ डलरसम्म राखिएको छ । नेपालसम्म आइपुग्दा यो फोन खासै महंगो नपर्ने बताइन्छ । रिपोर्टका अनुसार एक जिबी र्याम र ८ जिबी स्टोरेज भएको जेलीको मूल्य नेपालमा १२ हजार हाराहारी पर्नेछ भने २ जीबी र्याम र १६ जीबी स्टोरेज भएको जेलीको मूल्य १३ हजारको आसपास पर्नेछ । कम्पनीले यो फोनको औपचारिक बिक्री भने आगामी अगस्टबाट थाल्नेछ ।

डुअल सिम र शक्तिशाली ब्याट्री
यो फोनमा गुगल प्ले पहिलादेखि नै सेट गरिएको छ । जेली एक डुअल सिमवाला स्मार्टफोन हो । यसलाई पावर दिनका लागि ९५० एमएच क्षमताको ब्याट्री राखिएको छ । यो मोवाइल एकपटक चार्ज भएपछि तीन दिनसम्म लगातार बोल्दा समेत चार्ज टिक्ने कम्पनीको दाबी छ ।

रियर फ्रन्ट क्यामेरा पनि
जेलीको यो स्मार्टफोनमा १ जीबी र्याम रहेको छ । यस्तै, प्रो भेरिएन्ट फोन २ जीबी र्याममा समेत आउनेछ । यो फोनमा एक फ्रन्ट क्यामेरा समेत राखिएको छ । यस अलावा यो फोनमा जायरोस्कोप, जी सेन्सर र कम्पास पनि सेट गरिएको छ ।