काठमाण्डौ । राष्ट्रिय आविस्कार केन्द्र बनाउने महाअभियानमा होमिएका सामाजिक अभियन्ता महावीर पुनले आफूले पाएका अमूल्य पदक लिलामीमा राखेका छन् । नेपाली युवालाई नयाँ–नयाँ आविस्कार, खोज र अनुसन्धानमा प्रेरित गर्ने उद्देश्यले खोल्न लागिएको केन्द्रका लागि पर्याप्त रकम नजुटेपटि उनले यस्तो जुक्ति निकालेका हुन् ।

ठमेलको मण्डला स्ट्रिटस्थित महावीर्स नेपाल कनेक्सन रेष्टुरेन्टमा उनका ५ वटा पदक बिहीबारदेखि प्रदर्शनीमा राखिएका छन् । एशियाकै नोबेल पुरस्कार मानिने फिलिपिन्सबाट प्राप्त रामोन म्यागसेसे पुरस्कार, नेपाल सरकारले दिएका दुईवटा राष्ट्रदीप पदक, अमेरिकाबाट प्राप्त इन्टरनेट हल अफ फ्रेम र नेब्रस्का विश्वविद्यालयले दिएको अनर ग्रयाजुएट पदक बेच्न लागिएको छ।

पचास करोड रुपैयाँ लागतमा आविस्कार केन्द्र बनाउन उनले ९ महिनाअघि महादान अभियान चलाएका छन् । त्यसमा स्वतस्फुर्त देशविदेशबाट ९ करोड रुपैयाँ जम्मा भइसकेको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।