काठमाण्डौ । चुनावी सरगर्मीले देश तातेको बेला बजारलाई पनि बिस्तारै गति लिने छाट देखाएको छ । तथापि, सर्ट टर्म कारोबारी(छोटो समयका लागि कारोबार गर्ने व्यक्ति)ले प्रोफिट बुक गर्दै बिक्रीको चाप समेत बढाएपछि बजारमा कारोबार रकम समेत बढेको छ । नेप्से परिसूचकमा सामान्य बढोत्तरी हुँदा कारोबार रकम चाहि निकै धेरै बढ्नुुलाई बजारमा क्रेताको मात्र नभई विक्रेताको समेत चाप बढेको भनेर बुुझ्नुुपर्छ । बिहीबारको बजार यस्तै केही आशा र केही उपशंकालाई उत्पन्न गराउँदै बन्द भयो । 

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.७७ अंकले बढेर १६५८.५८ अंकको उचाईमा पुुग्यो भने कारोबार रकम समेत बढेर ९१ करोड ७१ लाख माथि पुुग्यो । झिनो अंकको बढोत्तरी भए पनि सबै समूहको सूचक हराभरा भए । तर, सबै समूहको बढोत्तरी पनि झिनो नै देखियो । 

यो दिन वाणिज्य बैंक समूह ३.९ अंकले बढ्यो भने बिमा, विकास बैंक र बित्त समूहमा क्रमशः ४५.४६, १.९२ र ४.९४ अंकले वृद्धि भयो । यस्तै, होटल समूहमा ६.४४, टेडिंग समूहमा १.४१, जलविद्युतमा १९.२, उत्पादनमूलकमा ८.०५ र अन्य समूहमा १८.५१ अंकको बढोत्तरी देखियो । 

'क' वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.२५ र समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.४७ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी 
बिहीबार बजारमा १ सय ४७ कम्पनीका २० लाख ६० हजार ७ सय ९५ कित्ता सेयर ९१ करोड ७१ लाख ९३ हजार १ सय २३ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी सनराइज बैंक लिमीेटेडले ७ करोड ४९ लाख बढीको कारोबार गर्यो । वल्र्ड मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेडको ५ करोड बढीको संस्थापक सेयरको कारोबार भएको बजारमा सानिमा माई हाइडोपावर कम्पनीले ४ करोड ९८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ३१ लाख, प्राइम लाइफ इन्स्योरेन्सले २ करोड ९४ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले २ करोड ८५ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीले २ करोड ७८ लाख, अरुण काबेली पावर लिमीटेडले २ करोड ५९ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ३ स्थान वाणिज्य बैंकले, ३ स्थान जलविद्युत कम्पनी, २ स्थान बिमा कम्पनी, एक स्थान विकास बैंक र एक स्थान फाइनान्स कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार तीन कम्पनीका लगानीकर्ता मालामाल भए । दिव्यश्वरी हाइड्रोपावर लिमीटेड र रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य साढे ८ प्रतिशतको हाराहारीमा बढ्यो । 

साताको अन्तिम कारोबार दिन सबैभन्दा धेरै गुमाउनेमा सहारा विकास बैंकका लगानीकर्ता अगाडि देखिए । यो कम्पनीको सेयर मूल्य ७.२ प्रतिशतले घट्यो ।