काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडले विशेष साधारणसभा बोलाएको छ । यो माइक्रोफाइनान्स कम्पनीले आगामी चैत १७ गते शनिवारका दिन नुवाकोटको ककनी ६ स्थित केन्द्रीय कार्यालयमा विशेष साधारणसभा आह्वान गरेको हो । 

यो बित्तीय संस्थाको फागुन २० गते बसेको संचालक समितिको ४५ औं बैठकले साधारणसभा आह्वानको निर्णय गरेको हो । 

संचालक समितिको निर्णयअनुसार संस्थाको हाल रहेको अधिकृत पूँजी तथा जारी पूँजी १० करोडलाई वृद्धि गरी २० करोड पुर्याउने र १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गरी चुक्तापूँजी १४ करोड पुर्याउने विशेष प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा आह्वान गरिएको हो ।