काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडलाई ६ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता आइपीओ निश्कासनका लागि भदौ १७ गते बोर्डमा आवेदन दिएको थियो । बोर्डले पुस २९ गते कम्पनीलाई आइपीओ निश्कासनको अनुमति दिएको हो । 

कम्पनीले लघुवित्तलाई भदौ १७ गते आइपीओ निश्कासनका लागि आवेदन दिएको थियो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभू क्यापिटलले गर्नेछ । 

आइपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ।

चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको लघुवित्तको आइपिओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नूवाकोटमा मुख्य कार्यालय रही स्थापना भएको आशा राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।