काठमाण्डौ । विगत १९ वर्षदेखि देशमा रेमिट्यान्स भित्र्याउँदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि.ले आफ्नो सेवा कोरियाबाट पनि शुरु गरेको छ । 

बैधानिक रुपमा नेपाल पैसा पठाउन कोरिया सरकारबाट मान्यताप्राप्त रेमिट्यान्स कम्पनी हानपास रेमिट्यान्स र इजीलिंक रेमिट्यान्सबीच सम्झौता भएको हो । 

सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपी अर्याल, प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र हानपास रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत क्युङ हुन किम , प्रबन्ध निर्देशक हयुन किम (एलेक्स) ले हस्ताक्षर गरे  । 

यो सम्झौतापछि अब कोरियामा भएका नेपालीहरुले हानपास रेमिट्यान्समार्फत सहज रुपमा कतै नगई घरमै बसी हानपास एप्स डाउनलोड गरी सजिलै नेपाल पैसा पठाउन सक्नेछन् भने नेपालभरि रहेका इजीलिंक रेमिट्यान्सको ४५०० भन्दा धेरै सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट आफूलाई पायक पर्ने स्थानबाट सजिलै भुक्तानी लिन सकिने छ । साथै पैसा पठाउने ब्यक्तिको नेपालभर रहेका जुनसुकै बैंकको आफ्नै खातामा अथवा आफ्नो परिवारको खातामा पैसा जम्मा गरिदिने सेवा पनि इजीलिंक रेमिट्यान्सले दिनेछ । 

नेपाल पैसा पठाउन कतै अफिस धाउनु नपर्ने, राम्रो रेट प्राप्त हुने, सस्तो, सजिलो अनि भरपर्दो सेवाका कारण हानपास÷इजीलिंक रेमिट्यान्स कोरियामा नेपालीहरुमाझ चर्चित रहेको कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराए । 

इजीलिंक रेमिट्यान्सले विगत १९ बर्षदेखी जापान, कोरिया, साइप्रस लगायत विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तीव्र पारेको छ । इजी लिंक रेमिट्यान्सले अन्य देशहरुबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको प्रबन्ध निर्देशक खनालले जानकारी गराए ।