काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको पुरातत्व विभागले विभिन्न ४ पदका लागि १७ कर्मचारी मागेको छ । 

पुरातात्विक स्थल संरक्षण आयोजना अन्तर्गत भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको संरक्षण तथा पुननिर्माण कार्यका लागि अस्थायी दरबन्दीमा करार सेवामा काम गर्ने गरी कर्मचारी मागिएको हो।

सबैभन्दा बढी सिभिल सव–इञ्जिनियर पदमा १० कर्मचारी मागिएको छ । यस्तै, पुरातात्विक अधिकृत ४ जना, स्ट्रक्चरल इञ्जिनियर २ जना र इलेक्ट्रिक इञ्जिनियर पदका एक जना मागिएको छ । सिभिल सव इञ्जिनियर बाहेकका सबै पदमा १ हजार परीक्षा दस्तुुर तिरेर परीषामा सहभागी हुन सकिनेछ । अबको १५ दिनभित्र आवेदन दिइसक्नुुपर्ने यी ४ पदका लागि आवश्यक योग्यता तथा अन्य सूचना यस्तो छः