काठमाण्डौ । कैलाश विकास बैंक लिमीटेडले सुनसरीको ईटहरीमा आफ्नो ४१ औं शाखा स्थापना गरी बुधबारदेखि कारोबारको शुभारम्भ गरेको छ । 

एक कार्यक्रमबीच सो शाखाको शुभारम्भ बैकका संचालक उद्घवराज पुरीले गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ। 

यस नयाँ शाखासहित बैंकको शाखा संख्या ४१ पुगेका छन् भने एटीएम संख्या २० पुगेका छन् । बैंकले निकट भविष्यमा कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप दुई शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्ब २९ करोड रहेको छ । यो पूँजीमा १० प्रतिशतका दरले बोनश शेयर जारी गर्ने स्वीकृति नेपाल राष्ट्र बैंकले दिइसकेकोले वार्षिक साधरणसभापछि संस्थाको चुक्तापुंजी रु.२ अर्ब ५२ करोड पुग्नेछ । यस संस्थाले कार्तिक मसान्तसम्म रु.१८ अर्ब ५३ करोड निक्षेप संकलन गरी रु.१६ अर्ब १५ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।