काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक लिमीटेडले सुनसरीको इटहरीमा शाखा बिस्तार गरेको छ। 

आइतबार एक औपचारिक कार्यक्रममार्फत इटहरीमा नयाँ शाखाको औपचारिक सुरुवात गरिएको हो । 

इटहरीको शाखाको उद्घाटन नेपाल राष्टबैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक रामुु पौडेल र इटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेशकुमार बिष्ट तथा बैंकका संचालक भीमप्रसाद पन्तले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।