काठमाण्डौ । एमाले पकड क्षेत्रको रुपमा रहेको सुनसरीको इटहरी उपमहानगरपालिकामा कांग्रेसले कडा टक्कर दिइरहेको छ । शनिवारसम्म कांग्रेसको अग्रता रहेको यो क्षेत्रमा आइतबार बिहानदेखि एमालेले अग्रता लिए पनि उसलाई कांग्रेसले कडा टक्कर दिइरहेको छ । 

सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार एमालेको तर्फबाट मेयरका उम्मेद्वार दारिकलाल चौधरीले ७९०२ मत ल्याएका छन् भने उनलाई कांग्रेसका रोहित प्रसाईंले ७८९३ मतले पछ्याइरहेका छन् । उपमेयरमा भने कांग्रेस उम्मेद्वार विमला ढकालले फेरि अग्रता लिएकी छिन् । उनले ७८३६ मत ल्याउँदा एमालेकी लक्ष्मी गौतमले ७६१३ मत ल्याएकी छिन् ।