काठमाण्डौ । चर्चाको शिखरमा रहेको सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई बढाएको छ । 

एमालेको तर्फबाट मेयरका उम्मेद्वार द्वारिकलाल चौधरीले ६३१३ मत ल्याएका छन् । उनलाई कांग्रेसका रोहित प्रसाईले ६०५० मतले पछ्याइरहेका छन् । 

उपमेयरमा एमालेकी लक्ष्मी गौतमले अग्रता हासिल गर्दै ६१३७ मत ल्याएकी छिन । उनलाई कांग्रेसकी बिमला ढकालले ५९६२ मतले पछ्याइरहेकी छिन् ।