काठमाण्डौ । सात उपमहानगरमध्ये चर्चाको शिखरमा रहेको प्रदेश नम्बर १ मा पर्ने इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरमा एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । 

ताजा मतपरिणाम अनुसार इटहरीमा एमालेका मेयरका उम्मेद्वार द्वारिकलाल चौधरीले १०२३६ मत ल्याएका छन् । उनलाई कांग्रेसका उम्मेद्वार रोहित प्रसाईंले ९३७० मतले पछ्याइरहेका छन् । 

उपमेयरमा एमालेकै लक्ष्मी गौतमले ९९६० मत ल्याएकी छिन् भने उनलाई कांग्रेसकी विमला ढकालले ९१०३ मतले पछ्याइरहेकी छिन् । 

हाल इटहरीको २, ४, ५, १६ र १७ वडाको मतगणना भइरहेको छ । सबै वडामा वडाध्यक्ष र मेयर तथा उपमेयरमै एमालेको अग्रता छ ।