काठमाण्डौ । महिन्द्राका युटिलिटी भेइकल्स तथा ट्रयाक्टरहरुका लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय इटहरीको विराटनगर लाइनमा शुभारम्भ गरेको छ ।

महिन्द्राका युटिलिटी भेइकल्स तथा ट्रयाक्टरहरुका लागि पूर्वाञ्चलमा स्थापना गरिएको सो शाखाले आफ्ना डिलर एवम् ग्राहकहरुलाई नजिक ल्याई सरल एवं सहज सुविधा प्रदान गर्ने कम्पनीको विश्वास छ । 

स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेञ्जका टु ह्वीलर सवारी,  सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । इटहरीस्थित नयाँ क्षेत्रीय कार्यालय, शोरुम तथा सर्भिस सेन्टरले ईटहरी तथा आसपासका बासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउने बताइएको छ । 

शाखाको शुभारम्भ अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले एक समारोहका बीच सोमबार गरे । शर्माले  कम्पनीले केवल सवारी बिक्री गर्नतर्फ मात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान दिने वचन दिए ।  चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयर पार्टहरु उपलब्ध गराई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहेको उनको प्रष्टोक्ति थियो ।