काठमाण्डौ । देवः विकास बैंक लिमीटेडको सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका, वडा नं. ६, इटहरी स्थित इटहरी शाखा कार्यालयले आश्विन २५ गते तथा मोरङ्ग जिल्ला, पथरी शनिश्चरे नगरपालिका, वडा नं. १ पथरीबजार स्थित पथरी शाखा कार्यालयले आश्विन २७ गतेदेखि बित्तीय कारोबार शुभारम्भ गरेको छ । 

ती शाखाहरुबाट वित्तीय कारोवार संचालन भएपश्चात् बैंकको सेवा देशको पूर्वी क्षेत्रमा विस्तार भएको छ र क्रमशः सो क्षेत्रमा सेवाको विस्तार गर्दै लगिने बैंकले जनाएको छ ।

बैंकले हालसम्म रु. ११ अर्ब २२ करोड निक्षेप संकलन गरी रु. १० अर्ब ९ करोड कर्जा प्रवाह गरेको छ ।