काठमाण्डौ । स्थानीय निकायको दोश्रो चरणको चुनावको तीव्र प्रचार प्रसार भइरहँदा पूर्वी नेपालमा सुनसरीको इटहरीले सबैको ध्यान तानेको छ । त्यहाँ नेपाली कांग्रेसका केही कार्यकर्ताहरुले पार्टीले गरेको उम्मेद्वारी छनौटको बिषयमा विरोध जनाउँदै तालाबन्दी र प्रदर्शनमा उत्रिएपछि सबैको ध्यान तानिएको हो । 

पार्टी केन्द्रले पूर्वकै उदीयमान शहर र संभावित प्रदेशको राजधानी मानिने इटहरीमा कांग्रेसको तर्फबाट नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति, वरिष्ठ व्यवसायी तथा कांग्रेसका पुराना नेता रोहित प्रसाईंलाई मेयरको टिकट दिएपछि इटहरी कांग्रेसमा भाँडभैलो मच्चिएको हो । पार्टीले उम्मेद्वार छनौट नगर्दै मेयर पदमा पार्टीका नगर सभापति हेमकर्ण पौडेलले आफ्नो दाबेदारी प्रस्तुत गर्दै आइरहेका थिए । तर, पौडेलको अपेक्षाविपरीत पार्टीले प्रसाईंको पक्षमा निर्णय गरिदिएपछि पौडेल पक्षका कांग्रेस कार्यकर्ताहरुले नगर पार्टी कार्यालयमा तालाबन्दी गर्दै विरोध प्रदर्शन थालेका छन् । 

‘पौडेल भन्दा प्रसाईं कांग्रेसका पुराना र वरिष्ठ नेता हुन् । उद्योग वाणिज्य संघ इटहरीको दुुई कार्याकाल अध्यक्ष भइसकेका, उद्योग वाणिज्य महासंघमा २ कार्यकाल केन्द्रीय सदस्य भइसकेका उनले अहिलेसम्म कांग्रेसकै एजेण्डा बोकेर हिँडे । जनस्तरमा प्रसाईंको लोकप्रिय पनि पौडेलको भन्दा कम छैन ।’

स्थानीय संचारकर्मीहरुका अनुसार पौडेल पक्षका युवा कार्यकर्ताहरुले बजार क्षेत्रमा नाराबाजी र विरोध प्रदर्शन समेत गरेका छन् । चुनावको मुखमा पार्टीका लागि भोट माग्नुुपर्ने र माहौल बनाउनुपर्ने अगुवा कार्यकर्ता नै पार्टी केन्द्रको निर्णयको बिषयमा विभाजित भएपछि त्यसै पनि कमजोर रहेको कांग्रेस थप कमजोर बन्ने भन्दै पुराना कांग्रेसीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

किन भइरहेको छ प्रदर्शन ?

पार्टीले टिकट दिनुुअघिदेखि नै आफूलाई मेयरको उम्मेद्वार आफैं घोषित गरी इटहरी कांग्रेस सभापति हेमकर्ण पौडेलले बनाएको प्रचार सामाग्री । 

............................................................................................
इटहरी क्षेत्रका केही कांग्रेस कार्यकर्ताहरु मेयरको उम्मेद्वार पार्टी सभापति हेमकर्ण पौडेललाई देख्न चाहन्छन् । उनीहरुले एमालेको गढ मानिएको यो क्षेत्रमा पौडेल मात्र एमालेलाई टक्कर दिने उम्मेद्वार हुन भन्ने बुुझ्ने गर्छन् । पौडेलका विवादास्पद छविको विगतलाई भूलेर धेरैले कांग्रेसको दरिलो नेताको रुपमा उनलाई बुुझ्ने गरेका छन् । यही बुुझाईका कारण पौडेलले टिकट नपाएपछि उनको पक्षमा भएकाहरुले विद्रोह गरेका हुन् । तर, के पौडेल पक्षले भनेजस्तो मेयरको टिकट पाएका रोहित प्रसाईं लायक व्यक्ति नै होइनन् त ? प्रसाईं पक्ष पौडेल पक्षको आरोपलाई सोझै खण्डन गर्छ । प्रसाईं पक्षका एक नेताले भने–‘पौडेल भन्दा प्रसाईं कांग्रेसका पुराना र वरिष्ठ नेता हुन् । उद्योग वाणिज्य संघ इटहरीको दुुई कार्याकाल अध्यक्ष भइसकेका, उद्योग वाणिज्य महासंघमा २ कार्यकाल केन्द्रीय सदस्य भइसकेका उनले अहिलेसम्म कांग्रेसकै एजेण्डा बोकेर हिँडे । जनस्तरमा प्रसाईंको लोकप्रिय पनि पौडेलको भन्दा कम छैन । तर अहिले पौडेलको पक्षमा लाग्नेहरुले प्रसाईंलाई असक्षम भनिरहेका छन्, यो सरासर अन्याय हो ।’ उनीहरुको दाबी अनुसार पौडेल भन्दा प्रसाईं स्वच्छ छविका नेता हुन् । 

कांग्रेसभित्रको यो भाँडभैलोको कारण चुनावको मुखमा स्थानीय कार्यकर्ताभित्रै विभाजनको रेखा कोरिएको छ । यसले चुनावी परिणामलाई नै प्रभावित तुल्याउन सक्ने स्थानीय विश्लेषकहरु बताउँछन् । ‘अब माहौल यस्तो बनाइयो कि, रातारात चमात्कार भएर पौडेलले नै टिकट पाउने अवस्था भयो भने पनि प्रसाई समूहले उनलाई असहयोग गर्नेछ ।’ स्थानीय एक विश्लेषकले टेलिफोनमा भने–‘प्रसाईंलाई टिकट दिने निर्णयमा पार्टी अडिग भए पौडेल समूहले उनलाई असहयोग गर्नेछ, अन्ततः कांग्रेसभित्रको यो भाँडभैलो र विभाजनका कारण एमालेले राम्रो फाइदा लुटी सुविधाजनक ढंगले चुनाव जित्नेछ ।’ 

त्यसो त पौडेल समूहले केही व्यक्तिलाई उचालेर आफ्ना नेताको चरित्रहत्या गरिरहेको ठान्ने प्रसाईं समूहले पनि उम्मेद्वारीको बिषयमा पार्टी केन्द्रले आफ्नो निर्णयमा हेरफेर गरे विद्रोह गर्ने चेतावनी दिइसकेको छ। ‘हामी पार्टी केन्द्रको निर्णय मान्छौ, केन्द्रले सबै कुराको हिसाबकिताब गरेरै प्रसाईंलाई टिकट दिएको छ ।’ प्रसाईं पक्षका एक कांग्रेस नेताले भने–‘पौडेलले पाउँदा ठीक, अरुले पाउँदा बेठीक भन्ने सोंच तानाशाही सोंच हो । पार्टी सभापति पनि उनैलाई चाहिने, अनि मेयर पनि उनैलाई । अरु कांग्रेसीले कहिले पाउने अवसर ?’

‘अब माहौल यस्तो बनाइयो कि, रातारात चमात्कार भएर पौडेलले नै टिकट पाउने अवस्था भयो भने पनि प्रसाई समूहले उनलाई असहयोग गर्नेछ । प्रसाईंलाई टिकट दिने निर्णयमा पार्टी अडिग भए पौडेल समूहले उनलाई असहयोग गर्नेछ, अन्ततः कांग्रेसभित्रको यो भाँडभैलो र विभाजनका कारण एमालेले राम्रो फाइदा लुटी सुविधाजनक ढंगले चुनाव जित्नेछ ।’ 

प्रसाईं समूहको यो तर्क मान्न त के सुन्न समेत पौडेल समूह तयार छैन । यो समूूहको केही अगुवाले हेमकर्णलाई पार्टीले पुनर्विचार नगरे विद्रोह गरेर स्वतन्त्र उम्मेद्वारी दिन समेत उक्साइरहेका स्रोत बताउँछ । तर, पार्टी नै एक ढिक्का हुँदा समेत जित्न निकै कठीन रहेको इटहरीमा पार्टीभित्र विभाजनको बिउ रोपेर पौडेलले स्वतन्त्र उम्मेद्वारी दिने कुनै संभावना छैन । कसैको उक्साहटमा लागेर दिइहाले भने पनि त्यो उनको लागि सबैभन्दा ठूलो राजनीतिक भूल हुनसक्छ । 

किन पाएनन् पौडेलले टिकट ?
प्रसाईं समूहले ‘एउटै व्यक्तिले सबैतिर अवसर पाउनुुपर्छ भन्ने पनि हुन्छ ?’ भनेर प्रश्न उठाए पनि पार्टी सभापति र स्थानीय स्तरमा समेत राम्रै समर्थनप्राप्त पौडेलले टिकट नपाउनुुको भित्री कारण भने अर्कै रहेको छ । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार हेमकर्ण पौडेललाई नै टिकट दिने केन्द्रको तयारी थियो, त्यसमा सबै एकमत थिए । तर, रातारात कांग्रेसको अनुशासन विभागदेखि लिएर पार्टी सभापति, वरिष्ठ नेतादेखि निर्वाचन आयोगसम्म यस्तो उजुरी परिदियो, जसको फाइल हेरेर पार्टीका नेताहरु समेत प्रसाईंको पक्षमा निर्णय गर्न बाध्य भए । आखिर के थियो त्यो उजुरीको फाइलमा ? केही बर्षअघि हेमकर्ण पौडेलमाथि लागेको अपहरण र फिरौति असूलीको मुद्धाले नै यसपटक पनि उनलाई पछाडि धकेलेको बुझिन आएको छ । ती केन्द्रीय सदस्यका अनुसार इटहरीका पीडित युुवा दुुर्गा अधिकारीले काठमाण्डौ आएर आवश्यक सबै ठाउँमा पुुगी पौडेललाई रोक्नैका लागि उजुरी दिएका थिए । उनले आफूलाई अपहरण गरेकोदेखि लिएर यातना दिई फिरौति असूलिएको सबै आधिकारिक कागजात, प्रहरीको रिपोर्ट, अदालतमा परेको मुद्धा, मुद्धाको मिसिल र सर्वोच्च अदालतमा विचाराधीन मुद्धाको प्रमाण समेत पेश गरेका थिए ।

‘सर्वोच्चको मुद्धाको टुंगो नलागेकै कारण पौडललाई यसपटक टिकट दिइएन । प्रदेशको र संघीय संसदको निर्वाचन समेत आउँदैछ । पौडेलको मुद्धा त्यसबेलासम्म त छिनोफानो पनि होला, त्यसपछि पौडेलजत्तिको क्षमतावान नेताले मेयरको भन्दा ठूलो ठाउँ पाउनेछन्, टिकट पाउनेछन्।’ 

‘अपहरण र फिरौति असूूलीजस्तो संगीन आरोपमा मुद्धा छिनोफानो नभइसकेको व्यक्तिलाई पार्टीले टिकट दिंदा भोलि जितिहाले पनि त्यही बेला सर्वोच्चले विपक्षमा फैसला सुनाए पार्टीको वेइज्जत हुने पनि विश्लेषण भयो ।’ ती केन्द्रीय सदस्यले भने–‘सर्वोच्चको मुद्धाको टुंगो नलागेकै कारण पौडललाई यसपटक टिकट दिइएन ।’ ती नेताले मेयरको टिकट नपाएकै झोकमा कार्यकर्ता उचाल्ने काम बन्द गर्न पौडेललाई आग्रह गरे । ‘प्रदेशको र संघीय संसदको निर्वाचन समेत आउँदैछ ।’ ती नेताले भने–‘पौडेलको मुद्धा त्यसबेलासम्म त छिनोफानो पनि होला, त्यसपछि पौडेलजत्तिको क्षमतावान नेताले मेयरको भन्दा ठूलो ठाउँ पाउनेछन्, टिकट पाउनेछन्।’ 

पौडेलबाट पीडित भनिएका दुर्गा अधिकारी । 

..........................................................................

स्रोतका अनुसार पौडेलविरुद्ध पीडित भनिएका दुुर्गा अधिकारीले सर्वोच्चमा मुद्धा हालेका छन्, जुन मुद्धाको अझै टुंगो लागेको छैन । यही आरोपमा पौडेलले जेल समेत बस्नुुपरेको थियो । यो गल्तीबाट लागेको दाग पखाल्न पौडेलले निकै महंगो मूल्य चुकाउनुपरेको चर्चा समेत इटहरीमा हुने गरेको छ । पछिल्लो समय भने पौडेल निकै सामाजिक बन्ने गरेका थिए । समाजसेवा र अन्य तमाम सामाजिक गतिविधिमा समेत उनको संलग्नता प्रशंसनीय थियो । तर, विवादित विगतको ज्वालाको लप्कोले यसपटक पनि पौडेललाई खाएको विश्लेषण गर्नेहरु पनि धेरै छन् । 

कसले जित्ला इटहरीमा ?

‘इटहरी एमालेको गढ हो’ यो भनाई इटहरी नगरपालिका मात्रै छँदा सही थियो । तर, उपमहानगरपालिका भएसँगै थप भएका खनार, तरहरा, एकम्बा र पकली गाविसभित्रको राजनीतिक समीकरणलाई समेत हेरेपछि मात्र इटहरीमा के हुन्छ भन्न सकिन्छ । तर, इटहरी उपमहानगरपालिका नै भइसकेपछि केही महिनाअघि त्यहाँ भएको उद्योग वाणिज्य संघको निर्वाचनमा एमालेले फराकिलो मत अन्तरले शानदार जित हासिल गरी इतिहास बनाएको थियो । नगरपालिका भइञ्जेल इटहरी उद्योग वाणिज्य संघमा एमाले कहिल्यै नेतृत्वमा पुुगेन, तर उपमहानगरपालिका भएपछि चाहि एमालेले जित हासिल गरेको यथार्थलाई एमालेजनहरु आफूहरुले जित्ने दरिलो आधार ठान्दछन् । मिनी स्थानीय निर्वाचनको रुपमा उवासंघको चुनावलाई हेरिएको थियो र सोही अनुसारका गतिविधि भएका थिए । गाउँ गाउँका व्यापारी र व्यवसायी अहिले दलका अगुुवा कार्यकर्ताको रुपमा चुनावी अभियानमा खटिएका छन् । दलका नेता तथा कार्यकर्ता समेत आफ्ना दल निकटका व्यापारीलाई जिताउन निकै खर्चिलो अभियानमा सरिक भएका थिए । सो बेला एमाले एकातिर थियो भने माओवादी केन्द्र, कांग्रेस र अन्य साना दल अर्कातिर । त्यति हुँदा समेत एमाले उम्मेद्वार लिलम बस्नेतले इटहरी उवासंघमा जितको इतिहास कायम गरेका थिए ।

यो निर्वाचन मिनी इलेक्सन मान्नेहरुले यसैको आधारमा एमालेको जित सुनिश्चित भएको बताउने गरेका छन् । 

उता, हेमकर्ण पौडेल नै मेयरमा उठ्दा समेत एमालेको जित देख्ने एमाले पक्षधरहरु अहिले कांग्रेसभित्रको गाइजात्रालाई स्वाद मानेर हेरिरहेका छन् । कांग्रेसभित्रको विभाजन र विवादको एकलौटी फाइदा आफूहरुलाई हुने भन्दै उनीहरु निकै खुशी देखिएका स्थानीयको दाबी छ । तर, एमालेले सोचेजस्तो इटहरीमा यसपटक जित हात पार्न सहज भने छैन, कारण टिकट पाउने बिषयमा एमालेभित्रै पनि भाँडभैलो छ । एमालेको तर्फबाट रामप्रसाद चौलागाई, द्वारिकलाल चौधरी र पूर्व मेयर सर्वध्वज साँवाले टिकटका लागि जोड गरिरहेका छन् । एकदुुई दिनमा एमालेको तर्फबाट मेयर र उपमेयरको टुंगो लाग्नेछ । टिकट पाउने अनुहारले समेत एमालेलाई यसपटक कता पुर्याउँछ भन्ने देखिने कार्यकर्ता बताउँछन ।

पछिल्लो समय पार्टीका अधिकांश कार्यकर्ता रामप्रसाद चौलागाई र द्वारिकलाल चौधरीमध्ये एकजनालाई टिकट दिनुुपर्छ भन्ने पक्षमा छन् । तर पूर्व मेयर साँवा भने केपी ओलीसँगको आफ्नो सोझो सम्पर्क र सम्बन्धको भरपुर उपयोग गरी यसपटक पनि टिकट फुत्काउने दाउमा छन् ।

पछिल्लो समय पार्टीका अधिकांश कार्यकर्ता रामप्रसाद चौलागाई र द्वारिकलाल चौधरीमध्ये एकजनालाई टिकट दिनुुपर्छ भन्ने पक्षमा छन् । तर पूर्व मेयर साँवा भने केपी ओलीसँगको आफ्नो सोझो सम्पर्क र सम्बन्धको भरपुर उपयोग गरी यसपटक पनि टिकट फुत्काउने दाउमा छन् । तर, यसपटक साँवाले नै टिकट पाए पनि इटहरी क्षेत्रमा जनजातिहरुमध्ये धेरैले उनलाई भोट नै नदिने भन्दै हिसाबकिताब गर्ने एमाले कार्यकर्ता समेत धेरै छन् । एमालेले समेत टिकट वितरणमा बुद्धिमता अपनाएन भने आपसी टकराव, घात अन्तर्घातको रोगले इटहरीमा यो पार्टीलाई समेत ग्रस्त पार्ने देखिन्छ । त्यस्तो बेलामा कसले जित्छ भने ठ्याक्कै अनुमान लगाउन गाह्रो पर्नेछ भने चुनावी भिडन्तको रोचकता भने बढ्नेछ । 

त्यसो त इटहरी क्षेत्रमा माओवादी केन्द्रले पनि आफूलाई बलियो दाबेदारको रुपमा प्रस्तुुत गर्दै आइरहेको छ । स्थानीय चुनावमा अन्तिम अवस्थामा हेमकर्ण पौडेलले मेयरको टिकट पाइदिएका भए उनले माओवादीको उपमेयरका उम्मेद्वार सागर सुुवेदीसँग सहकार्य गर्नसक्ने संभावना थियो । तर, प्रसाईंसँग सुुवेदीको सहकार्य हुन्छ या हुँदैन त्यो चाहि हेर्न केही दिन कुर्नैपर्ने हुन्छ । माओवादीले जनजातिको भोट ल्याउने उद्देश्यले इटहरीमा जनजाति अनुहारकी महिलाई मेयरमा उठाएको छ । माओवादीले यो क्षेत्रमा एकलौटी जित्ने संभावना निकै न्यून छ । 

अर्कोतर्फ, यो क्षेत्र राप्रपाका रामकुमार सुुब्बाको पकेट क्षेत्र पनि हो । उनले समेत निकै धेरै भोट आफ्नो अनुुकुुल परिचालन गर्नसक्ने क्षमता राख्छन् । यसको अर्थ राप्रपा पनि यो क्षेत्रमा बलियो शक्ति हो । तर, यदि अन्तिम अवस्थामा काठमाण्डौ र अन्य जिल्लामा झै एमाले र राप्रपाबीच चुनावी तालमेल भयो भने यो क्षेत्रमा त्यो गठबन्धनलाई जतिवटै पार्टी मिले पनि हल्लाउन नसक्ने राप्रपाको दाबी छ ।