रोम, इटाली(रासस/सिन्ह्वा) । इटालीका राष्ट्रपति सर्जियो मटेरेलाले नयाँ सरकार प्रमुखमा एक अर्थशास्त्रीलाई अघि सार्नुभएको छ । 

सोमबार प्रसिद्ध अर्थशास्त्री कार्लो कोटेरेलीलाई नयाँ सरकारको नेतृत्व गर्न आग्रह गर्दै तत्काल यहाँको मन्त्रीमण्डल विस्तार गर्ने जनादेश प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी एक विज्ञप्तिमा जनाइएको छ । 

प्रधानमन्त्रीमा आफ्नो नाम प्रस्तावित भएपछि कोटेरेलीले देशवासीलाई सम्बोधन गर्दै भन्नुभयो, “यदि मेरो नेतृत्वको सरकारले संसदबाट विश्वासको मत पाएमा सार्वजनिक वित्त सुधारका लागि सावधानीपूर्वक नेतृत्व प्रदान गर्नेछ ।” 

उहाँले कुशल नेतृत्व प्रदान गर्दै आगामी वर्ष सन् २०१९ को बजेटलाई अनुमोदन गराउँदै इटालीलाई यूरो समूहमा नै रहने सुनिश्चितता गर्ने पनि सम्बोधनमा बताउनुभयो । 

कोटेरिनी संयुक्त राष्ट्रसंङ्घ अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व अधिकारी हुनुहुन्छ ।