Basant Chaudhary
काठमाण्डौ । नेपाली काव्य–साहित्यमा संभवत पहिलोपटक एउटै सर्जकको ९ वटा भाषामा लेखिएको कृतिको एकैपटक लोकार्पण हुने भएको छ ।
यी नौवटा कृति नौ भाषामा छन् । कवि बसन्त चौधरीबाट नेपाली भाषामा रचित कविता संग्रह ‘बसन्त’को मूल भाषा नेपालीबाट अंग्रेजी, हिन्दी, नेवारी, मैथिली, भोजपुरी, तामाङ, बंगाली र मारवाडी गरी आठ भाषामा अनुवाद गरिएका छन् । र, सबैको एउटै ‘बसन्त’ नामकरण गरिएको छ ।
डीबी गुरुङ(अंग्रेजी), गोपाल अश्क(हिन्दी), सुरेशकिरण मानन्धर(नेवारी), धिरेन्द्र प्रेमर्षि(मैथिली), गोपाल ठाकुर(भोजपुरी), फूलमान वल(तामाङ), राजेन्द्र गुरागाईं(बंगाली) र लक्ष्मणकुुमार नेवटिया(मारवाडी)ले यो कृतिको अनुवाद गरेका हुन् ।
बुधबार एक समारोहका बीच यी कृतिहरुको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली भाषाको, अंग्रेजीको श्रीमती भूवन ढुंगानाले, हिन्दीको डा. उषा ठाकूर, नेवारीको दुुर्गालाल श्रेष्ठ, मैथिलीको डा. रामअवतार यादव, भोजपुरको प्रा. धुव्रचन्द गौतम, तामाङ भाषाको अमृत योञ्जन, बंगालीको नुपुर भट्टाचार्य र मारवाडी भाषाको कृति पण्डित मानवेन्द्र शर्माले लोकार्पण गर्ने कार्यक्रम रहेको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
‘हामीले यस अवसरलाई साहित्यको एक महोत्सवको रुपमा अनुभव गरेका छौ ।’ विज्ञप्तिमा भनिएको छ–‘किनभने नेपाली कवितासँगै त्यही भावमा अनुवाद भएका यी कृतिहरुले आठवटा भाषामा महत्वपूर्ण योगदान त पुर्याउने नै छन्, साथै नेपाली कविताको गरिमालाई अन्य भाषाका पाठक र विज्ञहरुसमक्ष पनि पुर्याउने सत्कार्य गर्नेछन् ।’
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago