काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेड बिहीबारदेखि इतिहास बनेको छ । 

लामो समयदेखि लघुवित्त संस्थाको रुपमा काम गर्दै आएको यो कम्पनीको नाम फेरिएको हो । 

अब यो कम्पनी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडको रुपमा अस्तित्वमा रहनेछ । यही नामबाट बिहीबारदेखि यो कम्पनीको कारोबार हुने नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।  

नेप्सेका अनुसार ग्रामीण विकास बैंक हुँदाको स्टक सिम्बोल(कारोबार संकेत) एनजीबिबिएल(NGBBL) अब  परिवर्तन भई जिबिएलबिएस(GBLBS) भएको छ ।