अदिस अबाबा, इथियोपिया (रासस/सिन्ह्वा) । आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ । 

प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् । 

त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ । 

विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ । 

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ । 

कुन देशका कतिको दुर्घटनामा मृत्यु भयो ? हेर्नुहोस् सिएनएनले प्रकाशन गरेको सूचि:

  • 32 Kenya
  • 18 Canada
  • 9 Ethiopia
  • 8 China
  • 8 Italy
  • 8 USA
  • 7 France
  • 7 UK
  • 6 Egypt
  • 5 Germany
  • 4 India
  • 4 Slovakia
  • 3 Austria
  • 3 Russia
  • 3 Sweden
  • 2 Spain
  • 2 Israel
  • 2 Morocco
  • 2 Poland
  • 1 Belgium
  • 1 Djibouti
  • 1 Indonesia
  • 1 Ireland
  • 1 Mozambique
  • 1 Norway
  • 1 Rwanda
  • 1 Saudi
  • 1 Sudan
  • 1 Somalia
  • 1 Serbia
  • 1 Togo
  • 1 Uganda
  • 1 Yemen
  • 1 Nepal
  • 1 Nigeria
  • 1 UN passport