काठमाण्डौ । सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा समेत एकसाता लामो लकडाउनको घोषणा गरिएको छ । 

स्थानीय संचारकर्मीहरुका अनुसार मंगलबार(आज)देखि नै लागू हुने गरी साउन २६ गतेसम्मका लागि पूर्ण लकडाउनको घोषणा भएको हो। 

सुनसरीको इनरुवा लगायतका क्षेत्रमा समेत पछिल्लो समयत कोरोना संक्रमित फेला पर्ने क्रम बढेर गएको छ । अवस्था नियन्त्रणबाहिर हुन नदिन स्थानीय प्रशासनले स्थानीय सरकारहरुसँगको सहकार्यमा पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । 

पूर्ण लकडाउनमा अत्यावश्यक सेवा भनिए पनि बैंक तथा वित्तीय संस्थाका शाखाहरु समेत नखुल्ने इनरुवा नगरपालिकाले जनाएको छ।