काठमाण्डौ । सरकारले क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ(इनर्जी ड्रिंक्स, फ्लेभर्ड सेन्थेटिक ड्रिंक्स र यस्तै प्रकारको पेय पदार्थको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । 

उद्योग मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । 

उसले निकासी तथा पैठारीसम्बन्धी सूचित आदेशमा भएको व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था गरिएको बताएको छ । परिमार्जित यो व्यवस्था राजपत्रमा समेत मंगलबार नै प्रकाशित भइसकेको छ । 

मन्त्रालयले २० माइक्रोकोनको सट्टा कम मोटाइका प्लास्टिक झोला सिटको आयातमा समेत पूर्ण रुपमा रोक लगाएको छ ।

भन्सार विन्दूमा आइपुग्दा कम्तीमा पनि ७५ प्रतिशत उपभोग्य मिति बाँकी भएको उपभोग्य वस्तुको मात्रै आयात गर्न पाइने व्यवस्था पनि गरिएको छ। 

औषधिको हकमा भने औषधि व्यवस्था विभागको सिफारिसअनुसार हुनेछ।